रवि लामिछोने विरुद्ध युवराज सफल सर्वोच्च अदालत जाने

खबर चितवन

खबर चितवन

काठमाडौँ,७ चैत । युवराज सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी प्रकरणमा सर्वोच्च अदालत जाने भएका छन्।

मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् ।

हिजो एक विज्ञप्ति जारी गर्दैरास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक कामय हुँदा नै नेपाली राहदानी बनाइ दुरुपयाेग गरेकाे प्रमामण हुँदाहुँदै सत्ताको आडमा उनलाई उन्मुक्ति दिएकाेमा सफलले आपत्ति जनाएका छन् ।

‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’,उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नूहाेस् युवराज सफलकाे प्रेस विज्ञप्ति:

मिति २०७९।१२।०६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिन राहदानी दुरुपयोग सम्बन्धी मुद्धा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अवैधानिक सभापति (अमेरिकी नागरिकता त्यागेको एंव नेपाली नागरिकता प्राप्त गरेको तीन महिना व्यतित नभएको) रवि लामिछानेले पासपोर्ट दुरुपयोग मुद्धामा सफाई पाएको घटनाप्रति सो मुद्धाका जाहेरी कर्ताको तर्फबाट म युवराज पौडेल सफल घोर आपत्ति एंव भत्सर्ना गर्दछु । अमेरिकी नागरिक कायम हँुदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हँुदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उलंघन हो भन्ने मेरो ठम्याई रहेको छ ।

यस प्रकरणमा जोडिएका जिल्ला प्रहरी परिसर ,जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीहरुले अख्तियार दुरुपयोग गरी आरोपितलाई उन्मुक्ति दिएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै हिजोकै मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गरिसकिएको पनि यसै प्रेस विज्ञप्तीमार्फत जानकारी गराउन चाहन्छु।

सत्ता जोगाउनकै लागि सरकारवादी मुद्धाबाट सफाई दिने भनी महान्यायधिवक्तको कार्यालयले निर्णय गरेकोले सो निर्णयको विरुद्ध यथाशिघ्र सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गरी कानुनी उपचार खोज्ने साथै आरोपितलाई सफाई दिने निर्णयमा संलग्न सबै निकायका जिम्मेवार व्यक्तिहरुलाई हदैसम्मको कारबाही समेत गराउन प्रतिबद्ध रहने पनि यसै प्रेस विज्ञप्तिमार्फत् अवगत गराउँदछु ।

युवराज सफल
रवि लामिछाने पासपोर्ट प्रकरणको जाहेरी कर्ता

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...