काठमाडौँ,७ चैत । काठमाडौं महानगरपालिकाले उच्च रक्तचाप र मधुमेहपीडित ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधि उपलब्ध गराउने भएको छ । यसका लागि ज्येष्ठ नागरिकहरूको अभिलेख संकलन सुरु भएको छ ।
यही क्रममा काठमाडौं वडा नम्बर ५ मा बस्दै आएका ६८ वर्षमाथिका ६ सय ३० जनामध्ये तीन सय ३४ जनाले मधुमेह र उच्च रक्तचापको औषधि नियमित रूपमा सेवन गरिरहेको पाइएको छ । महानगरको स्वास्थ्य विभागले वडा नम्बर ५ मा १४ देखि १६ फागुनसम्म एक हजार ६ सय ६८ परिवारको तथ्यांक संकलन गरेको हो ।
विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार सबै वडामा बस्ने ज्येष्ठ नागरिकलाई रक्तचाप र मधुमेहको औषधि नि:शुल्क उपलब्ध गराउने अभियानस्वरूप स्वास्थ्य परीक्षण र शिविर सञ्चालन गर्ने काम भइरहेको छ । पौडेलले भने, ‘तथ्यांकबाट योजना बनाउन सजिलो हुन्छ । योजनाबद्ध कामले लक्ष्य हासिल गर्न सहज बनाउँछ ।’
Post Views: 138
Discussion about this post