3pl Addiction Helpline America addictionhelplineamerica

चितवन कै पुरानो मेघौली विमानस्थालको स्तरोन्नति हुने

खबर चितवन

खबर चितवन

 मेघौली,६ चैत । सन् १९६१ मा स्थापना भएको चितवन कै पुरानो मेघौली विमानस्थालको स्तरोन्नति हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मेघौली विमानस्थालको धावनमार्ग स्तरोन्नति र तारबार लगायत कार्यहरुको टेन्डर आव्हान गरेको छ।

भरतपुर विमानस्थलभन्दा जेठो मेघौली विमानस्थलमा दैनिक १० वटासम्म उडान र अवतरण भएको तथ्यांक रहेको छ । निकुञ्जभित्र रहेको टाइगर टप्स होटलमा आउने पर्यटक चार्टर गरेर विमानमा आउने भएकाले २०३० देखि मेघौली विमानस्थल नियमित सञ्चालनमा आएको थियो । निकुञ्जभित्रका सातवटा होटल बन्द भएपछि मेघौली विमानस्थल पनि बन्द भएको थियो ।

भरतपुर महानगरपालिकामा भरतपुर र मेघौली गरी दुईवटा विमानस्थल छन् । एक हजार दुई सय मिटर धावनमार्ग (रनवे) भएको मेघौली विमानस्थलमा २५ सिट क्षमताका ट्विनअटर (साना जहाज) अवतरण गर्न सक्छन् । कच्ची रनवे भएकाले मेघौलीमा ठूला जहाज भने अवतरण गर्न सक्दैनन् । धावनमार्ग पिच गरेर केही विस्तार गर्ने हो भने मेघौली विमानस्थल भरतपुर विमानस्थलको विकल्प बन्न सक्छ।

चौबीसकोठीबाट २५ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल चितवन राष्ट्रिय निकुञ्जको आडैमा रहेकोले पश्चिम चितवनको एक महत्वपुर्ण पर्यटकिविमानस्थल हुन सक्छ ।

मेघौली विमानस्थालको स्तरोन्नति हुने हो भने भरतपुर महानगर लाई दक्षिण एसिया कै नमुना शहर बनाउने महाअभियानमा नयाँ आयाम थपिन सक्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...