Advertise here

आज अन्तर्राष्ट्रिय खुशी दिवस

खबर चितवन

खबर चितवन

काठमाडौं,६ चैत । ‘२० मार्च अर्थात आज संसारभरि अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । सन् २०१३ देखि संयुक्त राष्ट्रसंघले संसारभरिका मानिसको खुशीको महत्त्वलाई पहिचान गर्नका लागि मार्च २० का दिन यो दिवस मनाउँदै आइरहेको छ । सोही सन्दर्भमा नेपालमा पनि यो दिवस मनाइने गरिएको हो । तनाव त जीवनभर रहिरहन्छ, हामी खुशी रहनुपर्छ, खुशी हुनु हाम्रा लागि फाइदाजनक हुन्छ ।’ प्रायः हामी यस्तो भनाई सुनिरहेका हुन्छौं ।

कतिपय अवस्थामा हामी कसैलाई सान्त्वना दिन यस्तो कुरा गर्छौं । तर अहिलेको समयमा खुशी हुन अलिकति गाह्रो विषय हुन थालेको छ । तर पनि आफूले कोसिस गर्न भने छोड्नु हुँदैन ।

 आज हामी खुशी हुने केही टिप्स बताउन गइरहेका छौं । जसको सहयोगमा तपाईं खुशी रहन सक्नुहुनेछ ।

आफूसँगै रमाउन सिकौं

आफैसँग कसरी रमाउने भन्ने प्रश्न गर्नुहोला । तर हामी कतिपय अवस्थामा यतिधेरै मानिसकै बीच उल्झिन्छौं कि आफूलाई नै बिर्सन्छौं । त्यसो गर्दा धेरै तनाव हुन सक्छ ।

त्यसैले आफैसँग रमाउने र आफूलाई एक्लो हुँदा के गर्दा खुशी मिल्छ त्यो गर्ने गर्नुपर्छ । वास्तवमा तपाईं आफूलाई जति माया गर्नुहुन्छ सायदै अरु कसैले तपाईंलाई गर्छ होला । जसलाई माया गरिन्छ त्यसलाई खुशी पार्न खोज्छौं हामी ।

त्यसैले यो कुरा भुल्नु हुँदैन हामी आफूलाई पनि माया गर्छौं र आफैमा खुशी रहन सिक्नुपर्छ ।

मानिसहरुको कुरामा धेरै ध्यान नदिनुहोस्

अरुको कुरा धेरै सुन्नुहुँदैन । विशेषगरी नकारात्मक सोंच राख्ने खालका व्यक्तिका कुरा, निरासाजनक सम्वादबाट आफू टाढा रहनु पर्दछ ।

जीवनमा धेरै कुरा आफूले नै निर्णय गर्नुपर्दछ । अरुको केही सल्लाह लिन सकिन्छ तर हरेक कुराको निर्णय अरुबाट नै गर्न खोज्दा तपाईंले के चाहनुभएको छ त्यो पाइँदैन ।

वर्तमानमा जिउन सिकौं

हिजोआज साना साना बच्चालाई पनि पढाईमा धेरै नम्बर कसरी ल्याउने र राम्रो जागिर कसरी पाउने भन्ने चिन्ता हुन्छ । जागिर भयो भने फेरि बढुवा वा माथिल्लो तहमा जाने तनाव ।

हामीले आफ्नो राम्रो भविष्यको लागि सोंच्नु गलत त होइन तर भविष्यकै धेरै चिन्ता गर्दा गर्दै हामी वर्तमानलाई बिर्सन्छौं । जीवन कति लामो वा छोटो छ कसैलाई थाहा हुँदैन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...