3pl Addiction Helpline America addictionhelplineamerica

अटिजम भएका बालबालिका बढ्दै, १ सय ३९ जना बालबालिका अझैपनि विद्यालय बाहिर

खबर चितवन

खबर चितवन

चितवन,६ चैत । चितवन भरतपुर अटिजम केयर सोसाइटी चितवन ,नेपाल नेत्रहीन संघ को आयोजनामा अपाङ्गता समावेशी विकास तथा समावेशी शिक्षा परियोजना सम्वन्धित सञ्चारकर्मी हरु संग अन्तरकृया कार्यक्रम जिल्ला समन्वय समिति भरतपुरको सभाहलमा हिजो सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपालमा अटिजम भएका बालबालिका दिन प्रतिदिन बढ्दै गएको अटिजम केयर सेन्टर चितवनकी अध्यक्ष निर्मला डल्लाकोटीले बताउनु भएको छ । उहाँका अनुसार ४४ जना बच्चा जन्मिदा १ जना अटिजम भएको बालबालिका जन्मने गरेको छ ।

भरतपुर महानगरपालिकामा मात्रै ३ सयभन्दा बढी अटिजम भएका बालबालिका रहेको डल्लाकोटीले जानकारी दिनभयो । भरतपुरमा भएको अपाङ्गता समावेशी विकास समावेशी शिक्षा परियोजनाको सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा डल्लाकोटीले भन्नुभयो  ‘१० बर्ष अगाडि १५१ जना बच्चा जन्मिदा १ जनामा अटिजम हुन्छ भन्ने तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो । अहिले ४४ जना जन्मिदा १ जनालाई हुन्छ भन्ने छ ।

’ साना बालबालिकामा अटिजम भएको थाहा नहुँदा अभिभावकलाई समस्या हुने गरेको छ । सानै उमेरमा पत्ता लगाउन सके उनीहरुको आनिवानीमा सुधार गर्न सकिने डल्लाकोटीले बताउनु भयो । अटिजम केयर चितवन सोसाइटीले भरतपुरमा अटिजम स्कुल समेत स्थापना गरिएको छ । यहाँ ३१ जना अटिजम भएका विद्यार्थी छन् ।

अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने  अपाङ्गता हो । बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् र यसै कारणले डाक्टर कहाँ लाने गर्छन् ।

अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले समावेशी शिक्षा परियोजना मार्फत समावेशी शिक्षाका लागि प्रणाली तथा सेवाको सुदृढीकरण समेत गर्दै आएको छ । अपाङ्गता भएका एवम् थप सिकाई आवश्यकता भएका बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्नका परियोजनाले काम गरिरहेको छ ।

चितवनको भरतपुर र कालिका नगरपालिमा शिक्षा एकाइ स्थापना गरेर अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाका लागि काम काम गरिरहेको राष्ट्रिय बहिरा महासंघकी सर्मिला तामाङ्गले जानकारी दिनभयो । उहाँका अनुसार अझै चितवनमा अपाङ्गता भएका बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् । भरतपुर र कालिका नगरपालिकामा मात्रै १ सय ३९ जना बालबालिका विद्यालय बाहिर छन् । भरतपुरमा २४० र कालिकामा ४९ जना अपाङ्गता भएका बालबालिका रहेको राष्ट्रिय बहिरा महासंघको तथ्याङ्कमा उल्लेख छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...