3pl Addiction Helpline America addictionhelplineamerica

स्ववियु निर्वाचन आज,चितवनमा कतै तयारी कतै अन्योल

खबर चितवन

खबर चितवन

काठमाडौं,५ चैत । स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्यार्थी (मतदाता) ले प्रतिनिधि चयनका लागि मतदान गर्नुपर्ने हुन्छ।

त्रिविअन्तर्गत स्ववियु निर्वाचन तथा अनुगमन समिति सदस्य सचिव पशुपति अधिकारीका अनुसार सर्वसम्मत नेतृत्व चयन भएका क्याम्पसमा आज मतदान हुँदैछ। २ आंगिक क्याम्पससहित केही सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठनहरूको सहमतिमा स्ववियु कार्यसमिति चयन गरिएका थिए।

यता चितवनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ ।

विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ । विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भए पछि रोकिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...