काठमाडौं,५ चैत । आइतबार सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । डेढ महिनाअघिको उच्च मूल्य रेकर्ड तोड्दै आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि गत माघ १९ गते प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड बनेको थियो ।
आइतबार एकै दिन प्रतितोला २ हजार ९ रुपैयाँले सुनको भाउ बढेको हो । गत शुक्रबार प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य महँगिदा नेपालमा असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Post Views: 667
Discussion about this post