चितवन,५ चैत । अनलाइन बैठकमा कार्यालयकी महिला कर्मचारीसँग अनैतिक हर्कत गरेको भिडिओ बाहिरिएपछि कृषि तथा वन विश्वविद्यालय अन्तर्गत कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् ।
उनकोजुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।संयोग नै मान्नुपर्छ, कृषि विकास बैंकमा कार्यरत उनकी पत्नी शोभाकुमारी दत्त पनि भ्रष्टाचार अभियोगमा निलम्बनमै छिन् ।
कृषि संकायका निलम्वित डीन दत्त र श्रीमती शोभाकुमारी दुवै सरकारी जागिरमा थिए । शोभा कृषि विकास बैंकको शाखा प्रमुख थिइन् भने जयप्रकाश कृषि संकायका डीन । उनीहरू एक वर्षको अन्तरालमा पालैपालो आफ्नै कर्मको फल भोग्दै कानूनी फन्दामा परेका छन् ।
दत्तकी श्रीमती शोभा गत वर्षको असोजमा निलम्बनमा परिन् । शोभा सरकारी स्वामित्व चितवनमा रहेको कृषि विकास बैंकको गुञ्जननगर शाखाकी शाखा प्रमुख थिइन् । शोभालाई आर्थिक हिनामिना गरेको आरोपमा निलम्बन गरियो । बैंकले आर्थिक हिनामिना गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदनले उनीसहित ३ जना दोषी देखिएपछि उनलाई शाखाप्रमुखबाट बर्खास्त गरेको थियो ।
कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले शाखा प्रमुख नै मुख्य दोषी देखिएकाले उनलाई गत वर्ष नै बर्खास्त गरिएको बताए ।
श्रीमती शोभाले कर्मको फल भोगिसकेकी छन् भने जयप्रकाश त्यही लयमा पुगेका छन् । शोभाले आर्थिक अनियमितामा सलंग्न भएपछि जागिरबाट हात धुन परेको छ । जयराज पनि यौन दुर्व्यवहारको आरोपमा बर्खास्तमा पर्ने छन् । उजुरी परे जेल जानेछन् । यद्यपि भिडिओमा देखिएकी महिला कर्मचारीले उजुरी गरेकी छैनन् । जयराजले ती कर्मचारीसँग सहमतिमा सम्बन्ध हुने गरेको बताएका छन् ।
Discussion about this post