3pl

राष्ट्रपति पौडेलले पुरा गरे आफ्नो वाचा,बिना कारगेट कुमारी घर पुगे( भिडियो सहित)

खबर चितवन

खबर चितवन

काठमाडौं,४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुग्नु भएको छ। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

वसन्तपुरको कुमारी घरमा पुग्दा पहिलेजस्तै कुनै तामझाम थिएन । अगुवा र पछुवा गाडी लिएर राष्ट्रपति पौडेल वसन्तपुर पुग्दा धेरै सर्वसाधारणले उहाँ आएको पत्तो समेत पाएनन् भने कतिपयले भने राष्ट्रपति पौडेल त्यसरी आएको भनेर पत्याउन सकिरहेका थिएनन् ।

कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन। दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर आइपुगनु भयो । कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल बसन्तपुरस्थित कुमारी घर पुगेनु भएको हो।

यसअघि राष्ट्रपतिको सवारीमा सर्वसाधारणले धेरै दुःख पाउने गरेका थिए । राष्ट्रपतिका लागि सडक खाली गराउँदा जनताले लामो जामको सास्ती खेप्नु पर्थ्यो । त्यसैले पनि पौडेलले राष्ट्रपति हुनुअघि नै आफूले त्यो परम्परा तोड्ने वाचा गर्नु भएको थियो । आज उहाँले आफ्नो वाचा पूरा गरेर पनि देखाउनु भएको छ ।
पौडेल कुमारी पूजा गरी आधाघण्टामै शितल निवास फर्किनु भएको थियो ।  बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद पुर्‍याइएको थियो।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...