ज्योतिनगर,४ चैत । भरतपुर महानगरपालिका–२६ ज्योतिनगरमा मा रहेको कालिका संस्कारकुलम आवासीय माध्यमिक विद्यालयको ३१औँ अभिभावक दिवस सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रशेन अधिकारीको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । उक्त समापन कार्यक्रममा बरिष्ठ गायक आनन्द कार्की सम्मानित हुनुभएको छ । नेपाली सांगीतिक क्षेत्रका सदावहार गायक कार्की सम्मानित हुनु भएको हो ।
गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसक्नु भएको कार्की को नेपाली गीतमा मात्र नभइ हिन्दी गीतमा पनि उत्तिकै प्रभाव रहेको छ ।
नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्नुका साथै गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन अग्रसर हुनुहुन्छ ।
कार्यक्रममा समाजसेवी महिला अधिकारकर्मी मञ्जु खाँडलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋृषिराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरे र सहायक प्रधानाध्यापक दिवस घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post