Advertise here

‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर गायक शिव र गायिका एलिनाबीच जस लिने होड

खबर चितवन

खबर चितवन

काठमाडौँ,४ चैत । धोकेबाज हौ तिमी’ गीतको फिमेल भर्सन यतिबेला सबैभन्दा बढी भाइरल हुनेमध्ये पर्छ । टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म यो गीत व्यापक सेयर भइरहेको छ । नेपाली मात्र होइन, विदेशीले समेत यो गीतको कन्सर्टका दृश्यलाई सेयर गरिरहेका छन् ।

यो गीतलाई लिएर गायिका एलिना चौहान समेत चर्चामा छिन् । पछिल्लो समय जिल्ला-जिल्लामा भइरहेका मेला महोत्सवमा समेत यो गीत चर्चामा छ । कतिपयले एलिनालाई ‘धोकेबाज हौ’ गायिकाको रुपमा समेत चित्रण गर्न थालेका छन् । राजनीतिक सन्दर्भमा समेत गीतलाई लिएर ट्रोल बनिरहेको छ ।

करिब दुई वर्षअघि नै शिव परियारको आवाजमा रिलिज भएको मेल भर्सनभन्दा पछि एलिनाको स्वरमा आएको फिमेल भर्सन चर्चामा आएको छ । तर यो गीतले शिवलाई समेत पुनः चर्चामा तानेको छ । शिवले ‘टाइटलमा नजानुस् है कृपया अन्तर्वार्ता राम्रो छ’ भन्दै एक टेलिभिजन अन्तर्वार्तालाई सेयर गरेका छन् जसको टाइटल छ( ‘धोकेबाज गीत मैले गाएको हो । धोकेबाजले मलाई फेरि चर्चामा ल्यायो ।’

शिवको उक्त टेलिभिजन अन्तर्वार्ता हेर्दा लाग्छ, ‘धोकेबाज हौ तिमी’ गीतलाई लिएर शिव र एलिनाबीच अप्रत्यक्ष रुपमा जस लिने होड चलेको देखिन्छ । शिवले खुलेर नभनेपनि उनले अन्तर्वार्तामा आफूले गाएको उक्त गीतको मेल भर्सनले अहिले पनि चर्चा बटुलेको बताएका छन् । साथै, एलिनाले गाएको गीत हिट हुनुमा कन्सर्टमा देखिएको दृश्य र एक्सप्रेसन प्रमुख रहेको अर्थ्याउन खोजेका छन् । साथै उनले टाइमलाइनमा भिडियो पनि सेयर गरेका छन् ।

शिवको स्वर रहेको उक्त गीतको मेल भर्सनलाई युट्युबमा ८३ लाख पटक हेरिएको छ भने एलिनाको गीतलाई २ करोड ३९ लाख पटक हेरिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...