काठमाडौँ,४ चैत । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भू-भागका केही स्थान तथा तराईतिरका थोरै स्थानमा मेघ गर्जन /चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने माैसम पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले हिजाे देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भएकाे थियाे । काठमाडाैंमा त असिनापानी परेकाे थियाे ।
Post Views: 149
Discussion about this post