काठमाडौँ,४ चैत । सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज उडेको केही समयमै इन्डिकेटरमा समस्या देखिएपछि बीचबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइएको छ ।
बुद्ध एयरका अनुसार ६२ जना यात्रु लिएर सो जहाज सुर्खेत उडेको थियो ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जहाज सुरक्षितरुपमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजसँग सम्वन्धित इन्जिनियरहरुलाई अहिले काम गर्न रोक लगाइएको र जहाज ग्राउण्डेड गरिएको उनले बताए ।
Post Views: 730
Discussion about this post