3pl Addiction Helpline America addictionhelplineamerica

राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको टेलिफोन

खबर चितवन

खबर चितवन

काठमाडौं,३ चैत । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोनवार्ता गरेकी छन्।

उनले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेललाई बधाई दिनुका साथै नेपाल-भारतबीचको विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गर‍ेको बताइएको छ।

भारतीय राष्ट्रपति मुर्मू हाल केरला भ्रमणमा छन्। उनले त्यहीँबाट पौडेललाई फोन गरेकी हुन्।

संवादमा द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे उनीहरूबीच छलफल भएको बताइएको छ।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मूले विश्वास व्यक्त गरिन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...