बिश्वनिधि अर्याल,शुक्रनगर ३ चैत । योग गरौ निरोगी बनौ भन्ने नाराको साथ शिवयोग साधना केन्द्र भरतपुर २५ शुक्रनगरको आयोजना र पतन्जली योग समिति चितवन द्वारा नि:शुल्क योग विज्ञान पाठशाला सन्चालन भएको छ।
आज शुक्रवार देखि शुरु भएको योग शिविर विहान४:३० बजे देखि ६:०० बजे सम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । उक्त योग शिविर नि : शुल्क योग विज्ञान पाठशाला व्यबस्थापन समितिको अध्यक्ष एवं भरतपुर वडा न.२५ का वडाअध्यक्ष छविलाल सापकोटाको अध्यक्षता मा संचालित शिविर को प्रमुख प्रशिक्षक डोलराज तिवारी रहनु भएको छ ।
योग शिविरमा वडा भित्रका सबै टोल विकास सस्था बाट अनिवार्य उपस्थिति हुने गरी संचालन भएको हो। योगमा सहभागीहरुले विभिन्न रोगहरु निको भएको कुरा सहभागीहरुले जनाएका थिए भने योग समितिका अध्यक्ष छविलाल सापकोटाले पनि प्रेसर र सुगरको एलोपेथिक औसधि खान छोडेको कुरा बताउनु भयो । शिविरमा ३५ जना ले सहभागीता जनाउनु भएको थियो । योग शिविर लामो समय सम्म चल्ने भएकाले शिविरमा आउन सापकोटाले आग्रह गर्नु भयो ।
Discussion about this post