3pl Addiction Helpline America addictionhelplineamerica

प्रधानमन्त्री प्रचण्ड द्धारा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ३ लाख दिने घोषणा(भिडियो सहित)

खबर चितवन

खबर चितवन

काठमाडौं,३ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। आईसीसी विश्वकप लिग-२ मा तेस्रो स्थान हात पार्दै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीले सम्मान स्वरूप यो पुरस्कार दिने सम्बन्धमा बताऊनुभएको छ।

आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रचण्डले नेपाली टिमलाई बधाई समेत दिनूभएको छ ।हिजो (बिहीबार) भएको सिरिजको अन्तिम खेलमा डकवर्थ लुइस नियमका आधारमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल लिग-२ मा तेश्रो भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन दिनुभएकाे छ ।

साथै प्रधानमन्त्री प्रचण्डले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालाकाे समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउनुभयो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...