3pl Addiction Helpline America addictionhelplineamerica

उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै,साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने

खबर चितवन

खबर चितवन

काठमाडाैं,३ चैत । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले उपराष्ट्रपति चुन्न भोट दिनेछन् ।

उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा तथा प्रतिपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

जसपाबाट उम्मेदवार बनेकी प्रमिला यादवले भने उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि आफ्नै दलबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्दै आफू उम्मेदवार नरहेको घोषणा गरिसकेकी छन् ।यद्यपि, निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम मतपत्रमा तस्बिरसहित कायमै छ ।

मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।​ संघीय सांसदले दिएको एक भोटको ७९ र प्रदेशसभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुनेछ ।

यस्तै,वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल शुक्रबार राति १२ बजेबाट सकिँदै छ । पुन बिहीबार लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका– १ दहचोकस्थित निजी निवासमा सरेका छन् । उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि सरकारी निवास खाली गरेका पुनको बिदाइ नयाँ उपराष्ट्रपति निर्वाचित भएपछि हुनेछ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...