काठमाडौं,२ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । खेल खेलाउन अँध्यारो भएका कारण खेल रोकिएपछि खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो ।
युएईलाई पराजित गर्दै नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुगेको हो।
युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई डकवर्थ लुइस प्रणालीमा जितका लागि २६७ रन आवश्यक थियो ।
युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो । तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका हुन्।
Post Views: 263
Discussion about this post