काठमाडौं,२ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
आजको खेल जितेमा नेपालले सिधै एक दिवसीय विश्वकप क्रिकेटको क्वालिफायर खेल्नेछ । पराजित भएको खण्डमा नेपालले यही महिनाको अन्तिममा नामिबियामा क्वालिफायर प्लेअफ खेल्नु पर्ने हुन्छ ।
उच्च लयमा रहेको नेपालले बिहीबार यूएईविरुद्ध जित निकाल्न चाहन्छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।
Post Views: 179
Discussion about this post