डीडीसीले बढायो आजदेखि दुधको मूल्य

खबर चितवन

खबर चितवन

 काठमाडौं,२ चैत । दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दुधको मूल्य बढाएको छ । संस्थानले मन्त्रिपरिषद्को फागुन १९ गतेको निर्णय बमोजिम चैत्र १ गतेदेखि कृषक खरिद मूल्य ६५ रुपैयाँ कायम हुनेगरी बढाएको हो ।  निजि डेरी संगठनहरुले यस अघि नै दुधको मुल्य बढाइसकेका छन् ।

आजदेखि बढेको नयाँ मुल्यमा उपभोक्ताहरुले खरिद गर्नुपर्छ । अब यसअघि ८६ रुपैयाँमा खरिद गरिदै आएको निलो प्याकेटको मुल्य प्रतिलिटिर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । गाईको दुध पनि प्रतिलिटर १४ रुपैयाँले बढेर ११६ रुपैयाँ र चिया दुधको मुल्य प्रतिलिटर १० रुपैयाँले बढेर ९० रुपैयाँमा उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ पुराइएको छ । सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...