चितवन,२ चैत । अनलाइन बैठकमा कार्यालयकी महिला कर्मचारीसँग अनैतिक हर्कत गरेको भिडिओ बाहिरिएपछि कृषि तथा वन विश्वविद्यालय अन्तर्गत कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् ।उनकोजुम बैठक चलिरहँदा महिला कर्मचारीलाई तानेर अश्लील हर्कत गरेको भिडियो हिजो सार्वजनिक भएको थियो ।
बिहीबार बसेको बैठकले दत्तलाई निलम्बन गरेको विश्वविद्यालयका उपकुलपति पुन्यप्रसाद रेग्मीले जानकारी दिएका छन् ।उनका अनुसार यस विषयमा छानविन गर्न छानविन समिति पनि गठन गरिएको छ ।
अनलाइन मिटिङमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् । तर त्यतिबेला दत्तले कार्यकक्षभित्रै महिला कर्मचारीसँग अनैतिक हर्कत गरिरहेका हुन्छन् ।
Post Views: 187
Discussion about this post