Advertise here

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भद्म सर्वाधिक लोकप्रिय

खबर चितवन

खबर चितवन

काठमाडौं,१ चैत । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री आलिया भद्म पछिल्लो समय भारतको सबैभन्दा लोकप्रिय स्टारको पहिलो सूचीमा परेका छन्।
भारतीय रेटिङ एजेन्सि ओरम्याक्सले गरेको शोधपत्रअनुसार फेब्रुअरी महिनाको सबैभन्दा लोकप्रिय अभिनेता र अभिनेत्रीमा शाहरुख र आलिया रहेका छन्। आरेम्याक्सले हरेक महिना सार्वजनिक गर्ने उक्त सूचीअनुसार अभिनेता सलमान खान दोस्रो, अक्षय कुमार तेस्रो र ऋतिक रोशन चौथो नम्बरमा छन्। पठान रिलिजका कारण शाहरुख सर्वाधिक चर्चामा रहेकाले पनि उनले सलमानलाई पछि पार्दै पहिलो स्थान हासिल गरेका हुन्।

अभिनेत्रीतर्फ पहिलो नम्बरमा रहेकी आलिया हाल भरपुर आफ्नो मातृत्वको आनन्द लिइरहेकी छन् भने फिल्म रकी और रानीकी प्रेम कहानी नामक फिल्मको काममा व्यस्त छिन्। यस सूचीको दोस्रो नम्बरमा भने दीपिका पादुकोण, कियारा आडवाणी तेस्रो, कटिझना कैफ चौथो र कृति सेनन पाँचौं स्थानमा छन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...