3pl Addiction Helpline America addictionhelplineamerica

हेर्नुहोस २०७९ फागुन ३० गते मङ्गलबारको राशिफल

खबर चितवन

खबर चितवन

२०७९ फागुन ३० गते, मंगलवार, १४ मार्च २०२३। चैत्र कृष्णपक्ष सप्तमी तिथि, १७ः०६ बजेपछि अष्टमी। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहेको छ। अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट छैटौँ स्थानमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट पाँचौं स्थानमा रहेकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट चौथो स्थानमा रहेकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट तेश्रो स्थानमा रहेकाले लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दोश्रो  स्थानमा रहेकाले साथीभाई तथा अन्य विश्वासपात्रबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा उचित समय दिन नसकिएला । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट प्रथम स्थान अर्थात् वृश्चिक राशिमा रहेकाले सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रसिद्धि कमाउने र नाम राख्ने कुनै काममा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट बाह्रौ स्थानमा रहेकाले अनावश्यक काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। परिवार, सहकर्मी तथा साथीभाईसँग विवाद हुन सक्ने सम्भावना छ। स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एकादश स्थानमा रहेकाले नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहेकाले मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहेकाले प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ। बोल्दा विचार पुर्याउनु पर्ने समय छ, अन्यथा काम बिग्रिन सक्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...