काठमाडौं,३० फागुन । अभिनेत्री वर्षा शिवाकोटी र अमेरिका निवासी आशिष गेलालको विवाह १० महिनामै सम्बन्ध अन्त्य भएको छ । गत वैशाखमा विवाह गरेकी वर्षा शिवाकोटी र आशिष गेलालसँग लगनगाँठो कसेको १० महिने यात्रा पूरा नहुँदै वैवाहिक जीवन टुटेको छ।
गत वैशाखमा परिवारका सीमित सदस्यबीच जोडी बनेका वर्षा र आशिषको मागी बिहे भएको थियो। आशिषसँग विवाह गरेपछि वर्षाले नयाँ जिन्दगी सुरु गरेकोमा खुशी भएको भन्दै स्टाटस पोस्ट गरेकी थिइन्।
बीचमा यी दुवैबीच सामाजिक सञ्जालमा फलो र अनफलोको क्रम चलेपछि दुवैको सम्बन्ध बिग्रिएको लख काटिएको थियो। यी दुवैले आफ्नो सम्बन्धका बारेमा केही सार्वजनिक गरेनन्। एकाएक वर्षाको इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट भयो। फेसबुकमा भने विवाहका तस्बिर केही समय अघिसम्म थिए।
सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरियो। श्रीमानले अर्कै विवाह गरेपछि वर्षाले ती तस्बिर हटाएकी छन्।
सामाजिक सञ्जालको फलो र अनफलोलाई हेरेर धेरैले उनीहरुको सम्बन्ध बिग्रिएको लख काटिरहेका थिए।तर वर्षा र आशिष दुवैले आफ्नो सम्बन्धबारे केही बोलेनन्। आशिषले नबोलेरै सकिएको सम्बन्ध जानकारी दिएका छन्।बिहेको एक वर्ष पनि नपुग्दै यी दुईको सम्बन्धमा बिराम लागिसकेको छ। उनका पति आशीषले दोस्रो विवाह गरेका छन्।उनका आफन्तले आशिषको दोस्रो विवाहको फोटो सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।
Discussion about this post