काठमाडाैं,२९ फागुन । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख चार हजार नाघेको छ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार ६ सय रुपैयाँ रहेको छ ।
सोमबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर आज १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Post Views: 127
Discussion about this post