काठमाडाैं,२९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।
टस हारेर पहिला ब्याटिङ गर्दै पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र ७.४ ओभरमा एक विकेट गुमाएर भेटाउन सफल भयो । नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा आठ चौका र तीन छक्कासहित आक्रमक अविजित अर्धशतकीय पारी खेले । पहिलो विकेटका लागि कुशल भुर्तेल ५१ रनको साझेदारी गरेर आउट भएपनि आसिफ ५३ रन जोडेर अविजित रहे । यस्तै कुशल मल्ल १३ बलमा १२ रन जोडेर अविजित रहे । पीएनजीका लागि चाड सोपरको नाममा एक विकेट रह्यो ।
यसअघि पहिला ब्याटिङ गरको पीएनजी ३२ ओभरमा समेटिएको थियो । पिएनजीका लागि ओपनर किप्लिन डोरिगा २, हिरीहिरी १४ र सेसे बाउ १८ रन जोडेर पेभिलियन फर्किए । यस्तै कप्तान असद भाला २०, चाल्र्स अमिनी १६ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
Discussion about this post