काठमाडाैं,२९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।
फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको थियो । राष्ट्रपति पौडेलले शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाइ गरिएको छ। राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले निवर्तमान राष्ट्रपति भण्डारीलाई विदाइ गर्नुु भएको थियो ।
Post Views: 132
Discussion about this post