3pl

आउँदो जेठ १९ गते नेपाली चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने

खबर चितवन

खबर चितवन

काठमाडौं,२९ फागुन । कोरोना महामारीको कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ। २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण फिल्म हल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान बलले निर्देशन गरेका हुन्। धादिङको रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरूङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् भने म्यानमारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई पनि विशेष भूमिकामा हेर्न पाइन्छ।

‘भूकम्पपछिको भौतिक पुनर्निर्माणतिर त सबैको ध्यानको गयो, तर भत्किएका मन र भत्किएका सम्बन्धको पुनर्निर्माणतिर कसैको ध्यान गएन’, फिल्मको कथावस्तुबारे निर्देशक वलले भने, ‘नीरफूलले तिनै भत्किएका मन र सम्बन्धहरूको पुनर्निर्माणको कथा भन्छ।’

फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको वलले बताए। फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन्। निरफूलमा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...