काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् । कार्यकाल सकिएकाले उनले बूढानीलकण्ठस्थित निजी निवास सर्ने तयारी गरेकी छन् ।
संविधानअनुसार, राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुन्छ । ०७४ फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भण्डारीको संविधानमा उल्लेख कार्यकाल आजबाट गुज्रिन लागेको हो ।
भण्डारी आफ्नो पहिलो कार्यकालमा ०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।
भण्डारीको निजी सचिवालयका अनुसार, भण्डारी बूढानीलकण्ठ –२, चपलीस्थित आफ्नो निजी निवास सर्दै छिन् ।
राष्ट्रपतिको आगामी कार्यकालका लागि यही २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल विजयी भइसकेका छन् । पौडेलले भोलिबाट आगामी पाँच वर्ष देशको उच्च कार्यकारी पदको जिम्मेवारी वहन गर्नेछन् ।
Discussion about this post