दाइजो नल्याएको भन्दै यातना दिने ससुरा पक्राउ

खबर चितवन

खबर चितवन

महोत्तरी, २८ फागुन । दाइजो नल्याएको भन्दै बुहारीलाइ सारिरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् । महोत्तरीको औरही नगरपालिका वस्ने  नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश बमोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा राम गोपालपुर विवाह भएको नेहा र पंकजको सामाजिक परम्पराअनुसार नै ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजो को रुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...