काठमाडौँ, २८ फागुन । उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनाेनयन दर्ता भएको थियो।
आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेकाे अन्तिम नामावलीमा उनीहरू चारैजनाकाे उम्मेदवारी कायम रहेकाे छ।
यसअघि गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव विरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै अष्टलक्ष्मी शाक्य र ममता झाले निर्वाचन आयोगमा उजुरी दिएका छन् । राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीकर्ताको दाबी रहेको थियो ।आगामी चैत ३ गते हुने उपराष्ट्रपतिका लागि निर्वाचन हुदै छ ।
Discussion about this post