आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल १ सय ७७ रनले विजयी

खबर चितवन

खबर चितवन

काठमाडौँ, २८ फागुन । युएईबिरुद्ध १ सय ७७ रनको ऐतिहासिक जित निकाल्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार  नेपालले आउँदो चार वर्षका लागि एकदिवसीय मान्यता कायम राखेको छ ।

यूएईविरुद्धको जित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको अहिलेसम्मकै फराकिलो जित हो ।नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा २२.५ ओभरमा सवै विकेट गुमाएर युएईले जम्मा ७१ रन बनाएको हो।  यसअघि नेपालले सन् २०२१ मा पपुवा न्युगिनी (पीएनजी)लाई १५१ रनले हराएको थियो । त्यो नै अहिलेसम्मको फराकिलो जित थियो ।

पछिल्लो तीन हप्तामा भएका १० खेलमा ९ वटा खेल जित्दै एकदिवसीय मान्यता जोगाएको हो। नेपालले ३४ खेलबाट ३६ अंक जोड्दै नेपाल चौथो नम्बरमा उक्लिएको छ।

नेपाल भन्दा अघि तेस्रो नम्बरमा ३९ अंकसहित नामिबिया रहेको छ। स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन्। आगामी दुवै खेल जितेमा नेपाल ४० अं‌कसहित टप थ्रीमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाउनेछ।

युएईलाई सस्तोमै समेट्ने क्रममा नेपालका लागि सबैभन्दा धेरै ललित राजवंशीले पाँच विकेट लिए। उनले ७.५ ओभर बलिङ गर्ने क्रममा जम्मा २० रन खर्चिए।

सन्दिप लामिछानेले चार ओभरमा १४ रन दिएर दुई विकेट लिए। यसैगरी सोमपाल कामी एक, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एकएक विकेट लिए।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...