3pl

भरतपुर महानगरपालिका २४ मा तेस्रो भरतपुर गोल्डकप हुने

खबर चितवन

खबर चितवन

चितवन,२७ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर २४ मा तेस्रो भरतपुर गोल्डकप हुने भएको छ । आगामी चैत १ देखि ११ गतेसम्म स्थानीय सिद्धार्थ माविको मैदानमा प्रतियोगिता हुन लागेको हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

भरतपुर –२४ युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विकास लामा तामाङले राष्ट्रियस्तरको खेल खेलाउने तयारीस्वरुप प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । देशकै केन्द्रभागमा रहेको वडा भरतपुर २४ भए पनि आदिवासी, जनजातिलगायतको समुदाय बस्ने पिछडिएको वडाकोरुपमा रहेको वडालाई पर्यटकीय दृष्टिकोणबाट अघि बढाउन समेत फुटबल प्रतियोगिताले सहयोग पुयाउने तामाङको भनाइ छ । युवाहरुलाई खेलकुद तथा सामाजिक काममा जोड्न यस प्रतियोगिताले मद्दत पुग्ने भन्दै अध्यक्ष तामाङले युवाहरुलाई संगठित बनाइ देश एवं युवाहरुको नैतिक, चारित्रिक, आर्थिक तथा शैक्षिक विकासमा अघि बढाउनु आफूहरुको मुख्य उद्देश्य भएको बताए ।

 पत्रकार सम्मेलनमा भरतपुर–२४ का वडाध्यक्ष राम गोदारले वडास्तरमा हुने खेलकुदका लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक रहेको बताए । आफ्नो वडा विपन्न नागरिकले भरिएको क्षेत्र भएको भन्दै उनले यहाँको कृषिलाई पर्यटनसँग जोड्नका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यविधि नबन्दा स्थानीय तहबाट खेलकुदका लागि छुट्याइएको बजेटले प्रशिक्षक राखेर खेलाडीलाई प्रशिक्षण दिन नपाइएको गुनासो गरे । आगामी दिनमा कार्यविधि बनाएर कुशल खेलाडी उत्पादनका लागि काम गर्ने गोदारको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । चैत १ गते सुरु हुने प्रतियोगिताको फाइनल खेल चैत ११ गते हुने भन्दै अध्यक्ष तामाङले प्रतियोगिता अवधिभर सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए । पत्रकार सम्मेलनमा भूमि आयोग चितवनका अध्यक्ष बद्रि प्रसाद तिमिल्सीना, क्लबका सदस्यहरु अस्विन थापा, बुद्ध गोलेलगायतको उपस्थिति थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...