ठोरी,२७ फागुन । पर्सा ठोरीको सरस्वती चोकमा रहेको निमको रुखबाट दूधको धारा लागेपछि स्थानीय अचम्मित छन् । फागुन ६ गते शिवरात्रीको दिनदेखि लगातार रुखबाट दूध जस्तो तरल पदार्थ बग्न थालेको हो ।
६ गतेदेखि २३ गते होलीको दिनसम्म निरन्तर धारा बगेको थियो ।२३ गतेपछि भने थोपा–थोपा चुहिएको छ । झण्डै ४२ लिटर जति सेतो तरल पदार्थ रुखबाट चुहिएको छ ।
नरिवलको पानी जस्तो, पातलो मोही जस्तो तरल पदार्थ रुखबाट एकाएक चुहिन थालेपछि स्थानीयले रुखमा दैवीशक्ति आएको भन्दै पुजाआजा गरेका छन् ।
२० वर्ष पहिले हुकाईएको निमको रुखलाई संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय नेत्रप्रसाद काफ्लेको घर अगाडीको निमको रुखमा पुजाआजा गर्ने क्रम सुरु भएको हो ।
खादा खुलियो, टर्रो स्वाद छ । कतिपयले औषधि भन्दै लगेका छन् । केहीले परीक्षणका लागि पनि लगे । ठोरीकै सन्त उत्तम गुरुले शितलदेवी पैदा भएको बताए ।
विहान, दिउसो र साँझ दैनिक पुजापाठ हुदै आएको छ । रुखमा चढ्न र काट्न नदिने सोचमा लागेका छन् ।स्थानीयले वडा कार्यालय, दाताहरुसँग समन्वय गरेर देवी मन्दिर बनाउन पहल गर्ने बताएका छन् ।
२ वर्ष पहिले भारतको झारखण्डस्थित रामगढमा पनि निमकै रुखबाट दूधजस्तो तरल पदार्थ बगेपछि चर्चामा आएको थियो ।(कपुरकोटको सहयोगमा)
Discussion about this post