महेन्द्र महतो,ज्योतिनगर २७ फागुन । भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको श्री कालिका मन्दिरले आफ्नो आठाैं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
बाग्मती प्रदेश भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका निवर्तमान मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री पौडेलले कालिका मन्दिर पश्चिम चितवनको गौरव भएको भन्नुहुदैआगामी दिन मा मन्दिर पश्चिम् चितवन को पर्यटकिय क्षेत्रको रुपमा बिकास हुने बताउनु भयो। सो अवसरमा उहाँले गाजिपुरको गुम्बा र कालिका मन्दिरलाई आफ्नो कार्यकाल रहदा सम्म पहिलो चरणमा १०/१० लाख र दोस्रो चरणमा १०/१० लाख गरि जम्मा २०/२० लाख बजेट उपलब्ध गराई मन्दिर र गुम्बा निर्माण गरिएको जानकारी दिनु भयो । र आगामी दिनहरुमा पनि स्थानिय सरकार,प्रदेश सरकार साग मिलेर सहकार्य गरि मन्दिरको बिकासका लागि आफू हरदम साथ रहने बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान बाग्मती प्रदेशसभा सदस्य कृष्ण प्रसाद भुर्तेलले पार्टी भन्दा माथि उठेर समाज निर्माण कार्यमा अगाडि बढ्न सबैलाई आग्रह गर्नु भयो। साथै कार्यक्रममा आफुलाइ बिशिस्ट अतिथिको रुपमा निम्त्याएर सम्मान गरिएको मा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो।
यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा.न २६ का वडाअध्यक्ष ज्ञानप्रसाद खनालले आफू बोल्न भन्दा पनि काम गर्न आएकोले आफू बोलेर होइन काम गरेर देखाउने बताउनु भयो र मन्दिरलाई आवस्यक परेको खण्डमा वडा बाट र महानगर बाट सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा भरखरै निर्माण भएको भवन निबर्तमान मन्त्री पौडेल र पुर्व सासद कृष्ण प्रसाद भुर्तेलले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।साथै कार्यक्रममा विभिन्न समयमा मन्दिरले गरेको धन-धन्याचल,विभिन्न कार्यक्रम मा दान गर्दै आइराख्नु भएको बिशिस्ट दाता एबम दाताहरु लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा.न २६ का वडाअध्यक्ष ज्ञानप्रसाद खनाल पुर्व मन्दिर व्यवस्थापन अध्यक्ष दल बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष काशीनाथ घिमिरेको सभाअध्यक्षतामा सप्पन्न भएको कार्यक्रममा मन्दिरका व्यवस्थापन सदस्य ईश्वरीराज निर्दोष र सचिव सोम ब. गुरुङ ले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post