3pl Addiction Helpline America addictionhelplineamerica

डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको उच्च सतर्कता

खबर चितवन

खबर चितवन

चितवन,२६ फागुन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् ।

चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ । उनका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका कर्मचारीलाई अग्नि नियन्त्रण सामग्रीसहित परिचालन गरिने सूचना अधिकारी तिवारीले जानकारी दिए ।

डढेलो लाग्न नदिन निकुञ्जले वन क्षेत्र नजिक बसोबास गर्ने समुदायलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको र नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज क्षेत्रभित्र कतिपय स्थानमा निकुञ्जले व्यवस्थितरुपमा डढेलो लगाउने गरेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि निकुञ्जले व्यवस्थितरूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको छ । स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि तयारी अवस्थामा रहनसमेत निकुञ्जले आह्वान गरेको छ ।

मध्यवर्ती सामुदायिक वन क्षेत्रमा समेत डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम भइरहेको छ । डिभिजन वन कार्यालयले पनि डढेलो नियन्त्रणका लागि तयारी सुरु गरेको छ । डिभिजन वनअन्तर्गतका आठवटै सवडिभिजन मातहतमा स्थानीय उपभोक्ताको अगुवाइमा डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

उपभोक्ताको प्रत्यक्ष सम्लग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उनले सुनाए । कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना वन दस्तासमेत नियुक्त गरेको छ । हरित स्वयंसेवकका रूपमा नियुक्त वन दस्ताले वन तथा वन पैदावरको संरक्षण गरी डढेलो नियन्त्रणमै मुख्य भूमिका निर्वाह गर्ने सूचना अधिकारी खनालको भनाइ थियो । हालका लागि इच्छाकामनाको हरिपुर र भरतपुरको भोजाडमा वन दस्ताले काम गरिरहेको छ ।

वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वन क्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक््रयाइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेका छन् । सालका रुख हुने वन क्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उनले बताए । विगतमा बरण्डाभार वनमा सबैभन्दा बढी डढेलो लाग्ने गरेको थियो। :-खबरहब

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...