काठमाडौँ,२६ फागुन । नेपालको संविधानको धारा ७० मा राष्ट्रपति वा उपराष्ट्रपति फरक समूदायको हुने विषयमा उल्लेख गरिएको छ– यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्नुपर्नेछ ।”
चौथो कार्यकालका लागि देशको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । खर्स आर्य समुदायका पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा फरक समुदायका उमेदवार पुरुष नै हुन पाउने कि नपाउने ? भन्ने बहस जारी छ ।
उपराष्ट्रपतिको उमेदवारी मनोयन शनिबार (भोलि) हुँदैछ । त्यसको पूर्वसन्ध्यामा आयोगले आज उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।
जसमा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को उमेदवारी दर्ता गर्न निर्देशन दिइएको छ ।
Discussion about this post