3pl

२०७९ फागुन २५ गते बिहिबारको राशिफल

खबर चितवन

खबर चितवन

२०७९ फागुन २५ गते, बिहीवार, ९ मार्च २०२३। चैत्र कृष्णपक्ष द्वितीया तिथि, २०ः१९ बजेदेखि तृतीया। हस्त नक्षत्र। चन्द्रराशि– कन्या।

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज चन्द्रमाको गोचर वृष राशिबाट पाँचौं स्थानमा रहने भएकाले अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज चन्द्रमाको गोचर मिथुन राशिबाट चौंथो स्थानमा रहने भएकाले अध्ययनमा रुचि नलाग्न सक्छ। व्यवसायमा प्रतिष्पर्धीहरु बलिया रहनाले केहि समस्या पर्न सक्छ। छाती दुख्ने तथा चिसोबाट स्वास्थ्य कमजोर रहन सक्छ। साथीभाईबाट आश्वासन प्राप्त भएपनि सहयोग नमिल्न सक्छ। प्रेम तथा पारिवारिक जीवनमा सामान्य विवाद बन्न सक्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमाको गोचर कर्कट राशिबाट तेश्रो स्थानमा रहने भएकाले इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिबाट चन्द्रमा गोचर आज दोश्रो स्थानमा रहने भएकाले समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज चन्द्रमा तपाईंको राशिबाट प्रथम गोचर अर्थात् कन्या राशिमा नै रहेको छ। मिष्ठान्न भोजन तथा आफन्तसँग भेटघाट हुने समय छ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चन्द्रमाले तपाईंको राशिबाट बाह्रौँ स्थानमा गोचर गरेकाले स्वास्थ्य कमजोर रहनुका साथै खर्च बढ्न सक्छ। कर्मचारी वा शासक वर्गबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन सकिंदैन । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट एघारौँ स्थानमा रहने भएकाले रोकिएका काम समेत सम्पादन हुनेछन् । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिने दिन छ । सँगीसाथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्नसक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट दशौँ स्थानमा रहने भएकाले व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा हुनेछ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । अनुभवी र जान्नेबुझ्नेको रायसल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट नवौँ स्थानमा रहने भएकाले नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट आठौँ स्थानमा रहने भएकाले स्वास्थ्यमा पेट सम्बन्धि केहि गडबडी हुन सक्छ। अनावश्यक विवादमा लाग्दा काम बिग्रन सक्छ। खर्चको मात्रा बढ्न सक्छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा मिल्न सक्छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने छ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सातौँ स्थानमा रहने भएकाले जीवनसाथी तथा साझेदारबाट महत्वपूर्ण सहयोग प्राप्त हुन सक्छ। आज व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...