भरतपुर १७ को शान्ति बुहारी आमा समुहले सास्कृतिक कार्यक्रम गर्दै मनाए नारी दिवस

खबर चितवन

खबर चितवन

पुनम मगर जुङे टोल,२५ फागुन । भरतपुर १७ को शान्ति बुहारी आमा समुह जुङे टोलले विभिन्न सास्कृतिक कार्यक्रम गरेर ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।।कार्यक्रममा भरतपुर १७ का वडा अध्यक्ष ललित मान तामाङ प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले शान्ति बुहारी आमा समुहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै स्थापना पछिको छोटो समयमा नै समुहले आफ्नो दुइ तले भवन खडा गर्न सफल भएकोमा बधाई दिनु भयो ।

May be an image of 8 people, people sitting, people standing and indoor

भरतपुर १७ को नमुना आमा समुहको नाममा शान्ति बुहारी आमा समुहको नाम परेकोमा बधाई दिनु भयो ।भोलिका दिनमा आफ्ना एजेन्डाहरु निर्माण गरि वडामा पेश गर्न आग्रह समेत गर्नु हुदै आफुले हरेक क्षेत्रको लागि बजेट पार्दै गर्दा महिलाहरुको लागि सधैं नै विशेष स्थान दिएको बताउनु हुदै सम्पूर्णमा नारी दिवसको शुभकामना दिनु भयो ।कार्यक्रममा विशिष्ट अतिथि तुलसी राम पाण्डेले केहि समयको छ्लफलमा नै कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा धन्यवाद सगै शुभकामना व्यक्त गर्नु भयो ।

उहाले महिला दिदिबहिनीहरुलाइ हरेक क्षेत्रमा अगाडी हुन प्रेरित गर्नु हुदै केहि महिलका हक,अधिकारका बारेमा कानुनी ज्ञान समेत दिनु भयो ।हरेक पीडितका लागि केहि सल्लाह सुझावको आवस्यकता परेमा आफ्नो तर्फबाट हरेक समयमा सहयोग हुने प्रतिबद्धता समेत दिनु भयो ।

May be an image of 8 people, people standing and indoor

विशिष्ट अतिथि चित्रवन ईंग्लिस बोर्डिङ स्कुलका प्राचार्य एवं सुनगाभा साहित्य समाजका अध्यक्ष भगवती अर्याल पाण्डेले हरेक घरमा सबैभन्दा पहिले सस्कारको बिकास हुन आवस्यक भएको बताउनु भयो ।

सस्कार राम्रो भए समाज आफै राम्रो हुने र देश स्वतह राम्रो हुने अताउनु भयो ।महिलाको सक्रियताले यति ठुलो कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्नु हुदै आफु बाट सिर्जित रचना समेत कार्यक्रममा प्रस्तुत गर्नु भयो ।

आयोजक सस्थाका अभिभावक चन्द्र माया थापा, भरतपुर १७ को नया कदम टोल बिकास सस्थाका सचीव घाम राज परियार,पिङ चोक टोल बिकास सस्थाका अध्यक्ष टेक बहादुर थापा,मनकामना टोल बिकास सस्थाका अध्यक्ष भरत राज पौडेल,सानो पाइला बाल क्लब भरतपुर १९ का सदस्य अलका पाण्डे,लगायतले मन्तव्य राख्नु भएको थियो ।

May be an image of 9 people, people standing and people sitting

मिलन आमा समुह,मनकामना आमा समुह ,सिर्जना आमा समुहका प्रतिनिधि,भरतपुर १८ का निवर्तमान जनप्रतिनिधि सरिता नेपाली,चितवन पोस्टका सम्बाददाता रामसरण गैरे लगायतका ब्यक्तिहरु संगै स्थानीयको पनि उपस्थिति रहेकोे थियो ।आयोजना सस्थाका कोषाध्यक्ष परिमाया थापा मगरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम सभाअध्यक्ष धन माया थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...