3pl

ब्लड डोनर्सको दोस्रो बार्सिकोत्सबमा आयोजित कबिता लेखन प्रतियोगितामा गोपिराम भण्डारी प्रथम

खबर चितवन

खबर चितवन

 चितवन, २५ फागुन । सामाजिक संस्था ब्लड डोनर्स सोसाइटिले आयोजना गरेको कविता लेखन प्रतियोगितामा गोपिराम भण्डारी प्रथम हुनुभएको छ । संस्थाको दोस्रो वार्षिकोत्सवको अवसरमा म एक रक्तदाता बिषयमा १३३ जना प्रतियोगीले कविता रचना गरेका थिए ।

कविता लेखन प्रतियोगितामा गोपाल दाहालले द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ, यस्तै प्रशंसा तामाङले तृतीय स्थान हासिल गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार सहित प्रमाणपत्र, द्वितीय हुनेले नगद ३ हजारसहित प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

साथै सम्पुर्ण प्रतियोगीलाइ इमेल मार्फत् प्रमाणपत्र दिइएको आयोजकले बताएको छ । देशमा रगतको अभाव हुदै गएकाले रक्तदान गर्न प्रोत्साहन गर्ने उद्धेश्यले कविता लेखन प्रतियोगीता सञ्चालन गरेको संस्थाले अध्यक्ष अर्जुन अधिकारीले बताउनुभयो ।

यस किसिमको प्रतियोगिताले सिर्जनात्मक क्षमता अभिबृद्धि गर्ने एवम् रक्तदाताहरुलाई रक्तदान गर्न प्रोत्साहित गर्ने अधिकारीको भनाई छ ।

कार्यक्रममा निर्णयकका रुपमा केन्द्रिय रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाईटिका निर्देशक दिव्य राज पौडेल, लेखक तथा विश्व साइकल यात्री पुष्कल शाह, विश्व रक्तदाता अर्जुन प्रसाद मैनाली र कवि तथा रगंमञ्ज कर्मी केदार श्रेष्ठ रहनुभएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...