काठमाडौं,२५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिनुभयो।
आज सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको उहाँले बताउनुभयो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो।
प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गर्नुभएको थियो।
Post Views: 136
Discussion about this post