काठमाडौँ,२५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको रिटको सुनुवाइ आज बिहीबार हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार प्रचण्डविरुद्ध दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।
सर्वोच्च अदालतले सो रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहीबारको पेसी तोकेको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आजका लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् । तत्कालीन १० वर्षे शसस्त्र द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
Post Views: 200
Discussion about this post