देउ बहादुर थापा शारदानगर २४ फागुन । पश्चिम चितवनको भरतपुर महानगरपालिका १९ वडा कार्यालयको परिसरमा एक कार्यक्रमका बिच टोल स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
वडा स्तरिय महिला विकास समिती भरतपुर-१९ को आयोजनामा ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसर पारी प्रतियोगीता सम्पन्न भएको हो। वडा भित्रका कुल १४ वटा टोल विकास संस्था सहभागी भएका थिए।प्रतियोगितामा ६० अंक ल्याइ थानेदार टोल विकास संस्था प्रथम, ५५ अंक ल्याई इमान सिंह टोल बिकास सस्था द्वितिय,५० अंक ल्याइ रानिपोखरी टोल विकास सस्था तृतीय र समान ३५ अंक ल्याइ गन्जसिह र शान्ती टोल बिकास सस्था सान्तवना भएका हुन।
समितीकि अध्यक्ष निरा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक केन्द्रिय संचालक समितीकि केन्द्रिय सदस्य तारा गुरुङ प्रमुख अतिथी रहनुभएको थियो। कार्यक्रममा भरतपुर १९ का वडा अध्यक्ष प्रकाश तामाङ, वडाका जनप्रतिनिधिहरु,१९ वटै टोल बिकास सस्था तथा सामाजिक सस्थाका महिलाहरुको महत्वपूर्ण सहभागीता रहेको थियो।
कार्यक्रमकि प्रमुख अतिथी रहनुभएकि गुरुङले सुगम क्षेत्र मात्र नभई ग्रामिण तथा दुर्गम क्षेत्रका आम नारिहरुको सस्याहरुलाइ उर्जागर गर्न आवश्यक रहेको कुरा बताउनुहुदै नारी प्रेरणादायी कार्यक्रमले नारिहरुमा थप सशक्तिकरणमा सकारात्मक उत्प्रेरणा मिल्ने कुरा बताउनु भयो।
वर्तमान समयमा नारिहरुलाइ वित्तिय (रकम)जम्मा गर्नुभन्दा सामाजिक संस्कारको खाचो रहेको कुरा समेत व्यक्त गर्नुभयो। कार्यक्रमकि अध्यक्ष गुरुङले चुलो चौकस कार्यमा मात्र सिमित नभइ राज्यले प्रदान गरेको हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने कुरा बताउनुहुदै महिला दिदिबहिनीहरु भित्र रहेको अन्तरनिहिन समसामयिक ज्ञानको समेत प्रस्फुटन होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
समितिले टोल स्तरिय तिज गित नृत्य प्रतियोगिता,निशुल्क स्वास्थ्य शिविर लगायत महिला लक्षित विभिन्न रचनात्मक सिपमुलक तालिम तथा कार्यक्रमहरु गर्दै आइरहेको र गर्दै जाने समेत कुरा बताउनुभयो । कार्यक्रमलाई समितिकी सचिव यमुना गुरुङले सहजिकरण गर्नुभएको थियो।
Discussion about this post